जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं, ३ भदौ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका सरकारी अस्पतालका शैया पूर्ण निःशुल्क गर्ने घोषणा गरेसँगै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि मातहतका अस्पतालमा शैया निःशुल्क गरेको घोषणा गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका १३ वटा अस्पतालमा निःशुल्क जनरल बेडको व्यवस्था गरिएको छ । आइसियु, एनआइसियु र क्याबिनका शैयाहरु बाहेक जनरल बेडमात्र निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको हेटौंडा अस्पताल मकवानपुरमा १ सय ७५ शैया निःशुल्क गरिएको छ । त्यस्तै जिल्ला अस्पताल सिन्धुली, नुवाकोट र धादिंगका क्रमशः ७७, ९२ र ७९ सामान्य शैया निःशुल्क गरिएको छ । त्यस्तै दोलखाको पशुपति…


