जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
केरला : भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् । केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा संक्रमण देखिएको छ । केरलामा सक्रिय सङ्क्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ । केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय सङ्क्रमितको संख्या ३२८ मात्र छ ।


