जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
मुम्बई : सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् । दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा केही समस्या थियो । उनी आफै अस्पताल गएर भर्ना भए । भर्ना भएपछि उपचार गर्न थालेपछि अन्य जटिलताहरू देखिन थाले।’ रिपोर्टका अनुसार ५७ वर्षीय दिनेशको मृत्युको कारण मल्टिपल अर्गेन फेलियर भनिएको छ । उनले सोमबार राति करिब १२ बजे मुम्बईको तुङ्गा अस्पतालमा अन्तिम सास लिए।…


