जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगो लागेको हो । उक्त व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले जानकारी दिए । उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए ।


