जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन काठमाडौंको सिफलमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल नजिकै भएकाले तीनकुने क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूहले प्रदर्शनका लागि ठाउँमा मागेको थियो । प्रशासनले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने शर्तमा गौशालाछेउको सिफल चौरका लागि अनुमति दिएको प्रसाईंले बताएका छन् । उनले बिहान ११ बजे सिफल चौरमा उपस्थित हुन आफ्ना समर्थकलाई आव्हान गरेका छन् । यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो । प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ ।


