जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
दाङ: दाङको तुलसीपुरमा एउटा कोठामा दाजुभाइ मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरू कोठा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ। मृतक पूर्णबहादुरकी श्रीमती माइत रुकुमबाट फर्केपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मृतक दाजुभाइ रोजगारीका सिलसिलामा भारत आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन्।


