जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ: गत शुक्रबारदेखि प्रर्दशनमा आएकाे फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आर्ट्सले जनाएकाे छ । आर्ट्सले हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको एक बिज्ञप्ति मार्फत बताएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर…


