जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। हत्या आरोपमा पक्राउ परेर थुनामा राखिएका धनगढीका कृष्ण सेट्टीको मृत्युु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले थुनुवाको सेती अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ। स्रोतका अनुसार धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्यार गरेको अभियोगमा सेट्टी पक्राउ परेका थिए। बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमवार दिउसो मदिरा चोरीको आरोप लगाएर स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार…


