जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल गरेका छन् । उनले विभिन्न पाँच तर्कहरू प्रस्तुत गर्दै यस्तो अपिल गरेका हुन् । ‘अब त झन् सबै पार्टीले जटिल समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दो रहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै सम्भावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रुकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् ।…


