जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
संखुवासभा : उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आउँदो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथांकामा सडक पुग्ने बताएका छन् । संखुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उनले उक्त आयोजनाका निम्ति बजेट अभाव नभएको उल्लेख गरे । कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथांका नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथांका नाका र राजमार्गको अवलोकन समेत गरे । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका निम्ति मागपत्र पेस गरेका थिए । राष्ट्रिय गौरवको किमाथांका–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथांका–खाँदबारी सडकको…


