जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुला राख्ने तयारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् । निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ । “आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।” सुरुवाती चरणमा उक्त क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गर्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


