जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
प्रजातन्त्र डेली
काठमाडौं, २४ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानवीन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको संसदीय छानवीन उपसमितिले अनुसन्धान र छानवीन सुरु गरेको छ । चिनियाँ ऋणबाट बनेको विमानस्थलमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले पनि छानवीन गरिरहेका बेला संसदको सार्वजनिक लेखा समितिले लिङ्देनको नेतृत्वमा संसदीय छानवीवन उपसमिति बनाएको हो । उपसमितिमा राप्रपा अध्यक्ष लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् । उपसमितिले सोमबार विमानस्थलको स्थलगत अनुगमन…
काठमाडौं- अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ । अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो । दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् । टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपालको ग्रासरुट क्रिकेटको विकासका लागि गरिएको फण्ड रेजरमा करिब १५ लाख नेपाली रुपैयाँ संकलन भएको नेपाली समाज टेक्ससका खेल संयोजक निलेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा ब्याट र जर्सीको अक्सन पनि गरिएको थियो । नेपाली क्रिकेट…
नयाँदिल्ली- भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् । हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्ने बताइएकाे छ ।
रुकुमपश्चिम- रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित बनेकाहरुको लाभग्राही कायम गर्ने क्रममा नक्कली पीडित बनेको भए स्थानीय सरकारलाई सूचना दिन तथा उजुरी गर्न नगरपालिकाले अनुरोध गरेको हो । गर कार्यपालिकाको गत चैत २८ गते बसेको बैठकबाट पनि उजुरी दिन आग्रह गर्ने निर्णय भएको छ । बैठकले लाभग्राहीका सम्बन्धमा कुनै गुनासो भए लिखित उजुरी दिनुका साथै कार्यविधि बमोजिम वास्तविक लाभग्राही भए, नभएको जाँचबुझ गरेर मात्र दोस्रो किस्ताको अनुदानको लगि सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन…
काठमाडाैं : सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले सार्वजनिक पदमै रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएका थिए ।गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेल अहिले प्रहरी हिरासतमै छन् ।
काठमाडौं : राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । उनले भनेकी छन्- ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’
महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन् । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।“युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले…


