जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
कैलाली : पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझावपछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट…


