जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
गुल्मी : गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक-सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ ।


