जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
महेन्द्रनगर : कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भएपनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् । उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् । कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबिचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन । केही दिनअघि करातेका पूर्वप्रशिक्षक…


