जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट बर्सेनि मनग्य आम्दानी गरिरहेका छन्। विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन्। ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिनँ, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ,’ उनले भने। उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थित रुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन्। उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच…


