जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ । कञ्चनपुरमा मङ्गवार विद्यार्थी संगठनहरूले सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका नेता वासुदेव न्याैपानेले बताए । नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परिक्षामा राहुल नेपाली उदीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको आरोप उनीहरूको छ । सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुको नाम समावेश भएपनि मन्त्रालयले बेवास्ता गरेको विद्यार्थी संगठनहरूले बताएका छन् ।…


