जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं : भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतीय राजदूतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस…


