जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले एक महिनाभित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको प्रस्तावित युद्धविराम स्वीकार नगर्ने बताउनु भएको हो । युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको बीबीसीले जनाएको छ ।नेतान्याहुले हमासका सर्तहरू अनौठा र न्यायसंगत नभएको टिप्पणी गरेका छन् । उनले गाजामा अन्तिम विजय हासिल गर्नु बाहेक अर्को समाधान नरहेको बताउनुभएको खबरमा उल्लेख छ । इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता आज कायरोमा हुने सम्भावना थियो । तर दुवै पक्ष युद्धविरामका लागि लचिलो नदेखिएको भन्दै इजिप्टले सबै पक्षलाई…


