जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरिएको छ । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हानाहानबारे छानबिन गर्न गठित समितिले उक्त सिफारिस गरेको हो । यस्तै नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बन गर्न र घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ । प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको छ । सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । गत शुक्रबार गृहले गठन गरेको समितिमा डीआईजी राजेशनाथ बास्तोला…


