जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीको नियुक्ति गैरकानूनी भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट परेको छ । प्राडा कार्कीको नियुक्ति नै गैरकानूनी भएको र सो नियुक्ति प्रथम दृष्टिमै खारेजीको भागीदार रहेको आन्दोलनरत पक्षले दाबी गरिरहेका बेला प्राडा कार्कीको नियुक्तिको विरुद्ध मंगलबार रिट परेको हो । धरानका सुमन श्रेष्ठले प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्राडा कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘विवादित कायम मुकायम उपकुलपतिको मिति २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने मिति २०८० मंसिर ४ को नियुक्तिलाई उत्प्रेषण लगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग…


