जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदबाट असुरक्षा भएकाे भन्दै प्रहरीमा उजुरी परेकाे छ । बझाङकाे बुंगल नगरपालिका-१ का धनबहादुर बाेहराले मन्त्री साउँदले ज्यान मार्ने धम्की दिएकाे भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी ) कुलदिप चन्दले बाेहराले साउँदले आफूलाई ज्यानकाे धम्की दिएकाे भन्दै उजुरी परेकाे जानकारी दिए । उनकाअनुसार बाेहराले साउँदलाई विभिन्न मितिमा पैँसा दिएकाे तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकाे उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बाेहराले उजुरी दिएकाे विषयमा जानकारी नभएकाे बताए । त्यसबारे आफू बुझिरहेकाे बताउँदै साउँदले उनीसँग कुनै लेनदेन…


