जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो । गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय मागसहित अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।काठमाडौँ जिल्ला…


