जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ । नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएका छौँ । सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको हो ।’ उनका अनुसार तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय…


