जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ : रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ । डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तिमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाई छ । युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन । घटनास्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताए । यस्तै रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विस्फोटनपछि आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको…


