जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ।क्यान्सर रोगबाट पीडित जोशीको बिहीबार बिहान आफ्नै घरमा निधन भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जनाए ।५२ वर्षीया जोशीलाई हालै मात्र ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर घर लगिएको थियो।२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दुःख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन्।


