जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गएको हो । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । ‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएको रहेछ, यस्तो खबर सुन्नु पर्यो ।’ साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध थिए । पार्टी जिल्ला सचिव सुनारका अनुसार श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन्…


