जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


