जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ : राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको छ । उनीहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । राप्रपा पुस २७ गतेका दिन नियमितरुपमा जलपानको आयोजना गर्दै आएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ।…


