जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएको हो । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।


