जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं : नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्त प्रक्रिया निष्पक्ष नभएको आरोप लागेको छ । महाप्रवन्धक नियुक्ति प्रक्रियामा रहेका नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका हुन् । नियुक्तिको प्रक्रिया सही नभएको भन्दै त्यसलाई नसच्याएर आफू अदालत जाने उनले बताएका हुन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार उत्सव ढुंगानालाई महाप्रवन्धक नियुक्त गरेको थियो ।


