जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौैं : विश्व हिन्दु युवा संघले पशुपति मन्दिर क्षेत्रमा रहेको आरतीको भिडियो खिच्न नपाइने बारे पशुपति क्षेत्र विकास कोषको निर्णयको पुर्नविचार गर्न आग्रह गरेको छ । सम्पूर्ण विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र रहेको पशुपतिनाथको आरतीमा श्रद्धापूर्वक सहभागि हुने र उल्लाहका साथ रमाउने उक्त दृश्यलाई आधुनिक प्रविधिमार्फत विश्वभर पुर्याउने कार्य गर्नु अपराधन नभएको भन्दै युवा संघले त्यसको तत्काल पुर्नविचार गरेर तमाम हिन्दु धर्मावलम्बीहरुको आस्थालाई सम्मान गर्न पनि अनुरोध गरेको विश्व हिन्दु संघका सहायक प्रवक्ता विवश सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।


