जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो रहेको उल्लेख गरे । विसं २०३४ देखि नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनले सदनमा उठेका विषय कार्यान्वयनमा सरकारबाट प्रभावकारी भूमिका नदेखिएको बताए । सदनले आवश्यक मात्रमा कानुन बनाउन नसकेको भन्ने सन्दर्भमा उनले भने, “संसद्मा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि…


