जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा प्रमोद जयसवाललाई ८ वर्ष कैद र ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरेको छ । विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सोही मुद्दामा अर्का प्रतिवादी पप्पु ठाकुरलाई ५ वर्ष कैद र ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कैद तथा जरिवानाको फैसला गरेको हो ।नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत…


