जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ । घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।


