जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
रुकुमपश्चिम : माओवादी द्वन्द्वको आधारइलाका मानिएको रुकुम पश्चिममा गणतन्त्र विरुद्धको नारा लागेको छ ।शनिवार जिल्लाको आठबिसकोट नगरसमितिले आयोजना गरेको भूगोल केन्द्रित कार्यक्रमअघि सयौंको सहभागितामा सनातन संस्कृतिको विरोध गर्ने संस्कृतिमन्त्री सुदन किराँतीका विरुद्धमा नारा लगाएका छन् । त्यस्तै, प्रदर्शनमा सहभागीहरुले गणतान्त्रिक व्यवस्थाको अन्त्यका लागि क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदर्शनपछि सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी, सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा नेताहरुले गणतान्त्रिक व्यवस्था असफल सिद्ध भैसकेकाले यथाशिघ्र देशमा राजासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने बताए । त्यसका निम्ति राप्रपाले देशैभरबाट आन्दोलनको सुरुवात गर्न लागेको उनीहरुको भनाइ छ । कार्यक्रममा दर्जनौं…


