जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुभकामना व्यक्त गरेका छन् । लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिसमसको अवसरमा सम्पूर्ण क्रिस्चियन धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ वरिष्ठ उपाध्यक्ष मिश्रले पनि क्रिस्चियनहरूलाई क्रिसमसको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘क्रिसमसको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण क्रिस्चियन धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सबैले सबैलाई सम्मान गरौँ । ईश्वरले सबैको भलाइ गरून् !’


