काठमाडौँ : अब बिहेको निम्तो कार्डमा अनिवार्य रुपमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य लेख्नुपर्ने भएको छ । रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर३ का बासिन्दाले अब बिहे गर्दा उक्त नियमको पालना गर्नुपर्ने भएको हो ।
पालिकाले एक सूचना जारी गर्दै बेहुला बेहुलीको जन्ममिति अनिवार्य गर्नेदेखि बिहे घरमा रक्सी निषेधको अभियान सञ्चालन गरिएको जनाएको हो । वडाध्यक्ष केशरमान विकले आफ्नो वडा क्षेत्रलाई मदिरा–सुर्तीमुक्त बनाउन र बालविवाह हुन नदिन उक्त नियम लागू गरिएको बताए ।




