काठमाडौं : काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।
काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले बिहान ८:४५ बजेको समयमा झरेर न्यूनतम् तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ ।



