तेल अविव : इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्नो लक्ष्य देशलाई बचाउनु रहेको बताएका छन्। उनले गाजा हमासविरुद्ध छिट्टै स्थल आक्रमण गरिने बताएका छन्। टाइम्स अफ इजराइलका अनुसार इजराइल स्थल आक्रमणका लागि तयारी गरिरहेको छ।
कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे भने केही उल्लेख गरिएको छैन। ‘हामी स्थल आक्रमणको तयारी गरिरहेका छौं। कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिनँ,’ उनले भेका छन्।



