काठमाडौं: एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै रापप्राले एनसेल शेयर बिक्रीमा अबौं रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत हुने गरी शेयर खरीद बिक्री भएको भनेर प्रकाशित समाचारहरुप्रति आफ्नो ध्नाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमार्फत उक्त प्रकरण्मा नेपाल सरकारको प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानविन गर्न माग गरिएको छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ । तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । यसबारे सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ ।



