काठमाडौं: काठमाडौंमा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी गर्ने दुई पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भएका ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३५ वर्षीय विष्णु थापालाई पक्राउ परेका हुन् ।
उनीहरुले महाराजगञ्ज चोकमा सार्वजनिक यातायातमा सवार भएका मानबहादुर भण्डारीको साथमा रहेको १८ हजार रुपैयाँ चोरेका थिए । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।



