काठमाडौं : क्यानडाविरुद्धको सिरिजको अन्तिम खेलमा नेपालले ९ विकेटको शानदार जित हात पारेको छ ।
यससँगै नेपालले सिरिज क्लिनस्पिव गरेको छ ।नेपालका लागि भीम सार्की र अनिल शाहको शतकका साथ ९ विकेटले २२३ रनको लक्ष्य भेटाएको हो ।नेपालको जितका लागि शतक प्रहार गरेका अनिल शाहले छक्का प्रहार गर्दै जित दिलाएक थिए ।नेपालका लागि शाह र भिम सार्की दुवैले शतक प्रहार गरेका थिए ।अनिलले ११२ रन बनाउँदा भिमले १०१ रन बनाएका थिए । दुवै खेलाडी अविजित रहेका छन् ।



