काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको छ ।
क्यानका सचिव पारश खड्काले पुस २५ गते हुने सन्दीपको सजाय निर्धारणको फैसलापछि मात्र क्यानले निर्णय लिने जानकारी गराएका छन् ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कारमा दोषी ठहर्याएको थियो । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।



