काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । बिहीबार बारा र लमजुङका सिडिओको सरुवा गरिएको छ ।
बारामा शशिधर घिमिरे तथा लमजुङमा उमाकान्त अधिकारीलाई खटाइएको छ । दुवै जना गृह मन्त्रालयमा कार्यरत थिए ।बारामा नवराज सापकोटा तथा लमजुङमा रामकृष्ण अधिकारी रहेकोमा उनीहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।सापकोटालाई अवधि नपुगी तथा अधिकारीलाई अवधि पुगेर सरुवा गरिएको हो ।
केही दिनअघि गुल्मी र खोटाङका सिडिओ हेरफेर गरिएको थियो ।केही दिनअघि कृष्ण शर्मालाई गुल्मीमा खटाइएको थियो भने खोटाङको सिडिओमा पवित्र प्रकाश शाहलाई जिम्मेवारी दिइएको छ ।



