काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् ।
उक्त अवसरमा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे ।नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका उनी बैठकमा सहभागी हुनुका साथै उच्च राजनीतिक व्यक्तित्वहरूसँग पनि भेट गरेका थिए ।जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।



