काठमाडौं: आज(शनिबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेनले एउटा पोष्ट फेसबुकमा सेयर गरेका छन्
उनले ‘प्रिय महानुभावहरु !
एकक्षण धैर्यतापूर्वक सुनौत… के भन्दैछन् युवा पुस्ता !
त्यहाँ सिंगो नेपाल हुन्छ ! जहाँ राजारानी हुन्छ ! !’ लेखेर दुईवटा भिडियो सेयर गरेका छन् ।
झापास्थित लंका रिसोर्टको ती भिडियोमा हजारौं संख्यामा युवाहरुले राजसंंस्था आवश्यक रहेको भन्दै उक्त गीत गाइरहेका छन् । भिडियोमा नेपालको झण्डा फरफराइरहेका अध्यक्ष लिङदेन पनि देखिएका छन् । उनले आफ्नो फेसबुकमार्फत युवाहरुले राजसंस्था पुनः स्थापित गर्न माग गरिरहेको प्रष्ट पारेका छन् ।
केही समयअघि झापामा पुगेका पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत भएको थियो । उनको समर्थनमा नारा लगाउँदै हजारौंको भिड सडमा उत्रिएको थियो । नेपालमा राजसंस्था पुनर्जीवित गराउनुपर्ने उनीहरुको माग थियो । झापाबाटै राजसंस्था पुर्नस्थापना गनुपर्ने माग उठेकै कारण शिर्ष दलका केही नेताहरु डगमगाएका छन् ।
सोही कारण नै यहि कात्र्तिक १ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिए ।
उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताएका थिए ।



