काठमाडौं : अमेरिकी सर्वोच्च अदालतले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत दिएको छ ।
‘न्यूयोर्क टाइम्स’को रिपोर्टका अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशको इजलासले कोलोराडो राज्यको अदालतको फैसलालाई उल्टाएको हो ।
सर्वोच्च अदालतले भन्यो, ‘कोलोराडोको प्राइमरी मतपत्रबाट ट्रम्पको नाम हटाउन सकिँदैन । यस निर्णयको अर्थ अमेरिकाका सबै ५० राज्यको मतपत्रमा ट्रम्पको नाम रहनेछ ।’
यसको अर्थ डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् ।



