काठमाडाैं : काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ ।
मौसममा आएको खराब मौसमका कारण उक्त जहाजहरू सुर्खेतमा अवतरण गरिएको हो ।१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि उक्त जहाजहरु सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, २५ पुष २०८०



