काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । आज राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।
आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ । आज ८ हजार मोटरसाइकल र्याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।



